नागरिक अभिनन्दनपछि यतिसम्म बोले जनकपुरमा मोदीले

696
views

जनकपुर, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बाह्रबिघा मैदानबाट नेपाल बिना धाम अधुरो, नाम अधुरो, भारतपनि अधुरो रहेको बताएका छन् ।

लुम्बिनी नेपालमै छ, बुद्ध त्यहीँ जन्मिए- मोदीले नेपाली भूमिमै रहेको लुम्बिनीमा भगवान गौतम बुद्धको जन्म भएको बताएका छन् ।
नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो- बाह्रविघा मैदानमा प्रदेश सरकारको तर्फबाट गरिएको नागरिक अभिनन्दनपछि बोल्दै नेपालीको स्वाभिमान सगरमाथा भन्दा अग्लो भएको बताएका छन् । मोदीले मिथिला संस्कृति धेरै माथि रहेको पनि बताए ।

नेपाललाई जल, सडक र अन्तरिक्षबाट जोड्ने – भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्रगति देखेर भारतीय खुशी भइरहेको बताउँदै दुई देशका बीचमा उचो निचो केही नरहेको बताए । उनले जलथल, सडक, अन्तरिक्षबाट नेपाललाई जोड्ने उद्घोष गरे ।

‘नेपाल भारतको विशाल रेल लाइनमा जोडिन्छ’, मोदीले भने, ‘ विहारको रक्सौलबाट काठमाडौँलाई जोड्न तत्काल काम थाल्छौँ, जलमार्गबाट पनि नेपाल र भारतलाई जोड्ने प्रयास गछौँ ।’ ‘नेपाल भारतको जलमार्गबाट समुद्रसँग पनि जोडिन्छ’, मोदीले भने, ‘विश्वको सामान सजिलै नेपाल आउँछ र दुई देशले विश्वभर व्यापार गर्न सक्छन् ।’