विवेकशील साझा पार्टीले नाकाबन्दीको विरोधमा टाँगेको ब्ल्याक व्यानर प्रहरीले निकाल्यो

1213
views

काठमाडौं, २८, बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर विवेकशील साझा पार्टीले बखुन्डोलस्थित आफ्नो केन्द्रीय कार्यालयमा टाँगेको व्यानर प्रहरीले निकालेको छ ।

आफ्नो शान्तिपूर्ण विरोधलाई विवेकशीलले प्रहरीको हस्तक्षेप भनेको छ । आफ्नो केन्द्रिय कार्यालयमा टाँगेको विरोधको व्यानर प्रहरीले निकालेपछि सो पार्टीले आपत्ति जनाएको छ । प्रहरीको टोलीले जबरजस्त व्यानर निकालेको पार्टी केन्द्रीय सदस्य मिलन पाण्डेले जानकारी दिए । मोदी जनकपुरबाट काठमाडौँ आईसकेका छन् ।