ओली सरकारलाई बैद्यको चेतावनीः प्रभु खुसी बनाउन गिरफ्तार नगरियोस् !

1532
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन बैद्य ‘किरण’ ले ओली नेतृत्वको सरकारलाई निरंकुश र दमनकारी सरकारको संज्ञा दिएका छन् । वैद्यले एक वक्तव्य जारी गरी विना कारण पार्टीका नेता कार्यकर्ता गिरफ्तार गरिएको भन्दै घोर भत्र्सना गरेका छन् । उनले आज गिरफ्तार भएका नेता कार्यकर्ताहरुको शिघ्र रिहाईको जोडदार माग गरेका छन् ।

बैद्यले जारी गरेको वक्तव्यमा अपहरान्न १ बजे नेपाल प्रहरीले क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष आकाश, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय सचिवालय सदस्य र केन्द्रीय कार्यालय सचिव हरिकृष्ण गजुरेल, केन्द्रीय सदस्य गोर्की श्रेष्ठ, जिल्ला सदस्यहरु बोजराज श्रेष्ठ, विकास तामाङ, प्रकाशचन्द्र ढकाललाई गिरफ्तार गरेको र उनीहरुको रिहाइको माग गरिएको छ ।

वक्तव्यमा भनिएको छ ‘ओली सरकारको यो निरंकुश र दमनकारी हर्कतको हाम्रो पार्टी घोर भत्र्सना गर्दछ । र, गिरफ्तार गरिएका सबैजनालाई शिघ्र रिहाईको जोडदार माग गर्दछ ।”