भारतीय प्रधानमन्त्री मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान

742
views

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘गार्ड अफ अनर’ प्रदान गरिएको छ । सैनिक मञ्च टुंडिखेलमा शुक्रबार अपरान्ह आयोजित विशेष समारोहमा मोदीलाई गार्ड अफ अनर प्रदान गरिएको हो ।

उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको छ । टुँडिखेलमा गार्ड अफ अनर दिइने मोदी दोस्रो विदेशी पाहुना हुन् । यसअघि पाकिस्तानी प्रधानमन्त्री साहीद खकान अब्बासी टुँडिखेलमा गार्ड अफ अनर पाउने पहिलो विदेशी पाहुना भएका थिए ।

सम्मान गारत समारोहमा नेपाली सेनाले दुवै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो । समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीगण तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।