बस दुर्घटनाका घाईते दुई जनालाई पोखरा रिफर

878
views

पर्वत । कुश्मा–पोखरा सडकखण्डमा बाग्लुङबाट पोखरातर्फ जादै गरेको ना ३ ख ७७४० नम्बरको बस कुश्मानगरपालिका– ८ दोबिल्लामा दुर्घटना हुँदा भएको १६ जना घाईते मध्ये १४ जनाको उपचारपछि डिष्चार्ज भएका छन् भने दुईजनालाई मनिपाल अस्पताल रिफर गरिएको छ ।

कुश्मा–पोखरा सडक खण्डमा बाग्लुङबाट पोखरा तर्फ जादै गरेको ना ३ ख ७७४० नम्बरको मिनि बसले अर्को बसलाई ओभरट्याक गर्ने क्रममा दुर्घटना भई सडकदेखि २५ मिटर तल खसेको थियो ।

सो बसका चालक फरार रहेको खोजी उनको कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । दुर्घटनमा घाईते बाग्लुङ जिल्ला बानपा–१२ कि ५७ बर्षिय सन्तु हमाल र बानपा–१३ की ५६ बर्षिय उमादेवी रेग्मीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए ।