सभामुख अधिकारीलाई थप उपचारका लागि काठमाडौँ लगियो

896
views

पोखरा, २९, बैशाख । प्रदेश नं ४ का सभामुख नेत्रनाथ अधिकारीलाई उपिचारका लागि काठमाडौ लगिएको छ ।

शुक्रबार अपरान्ह अकस्मात अस्वस्थ भएपछि मणिपाल अस्पतालको आइसीयुमा उपचार गराइरहेका उनलाई थप उपचारका लागि आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो । भैसेपाटीस्थित मेडिसिटी अस्पतालमा डा. गोपाल रमणवरण शर्मा र डा. सुमितको निगरानीमा उनको उपचार भैरहेको छ ।

शुक्रबार दिउँसो करिब ४ बजे आफ्नो निवासको वाथरुममा लड्न पुगेका उनले टाउकोमा समस्या आयो भनेपछि सहयोगीद्वारा अस्पताल पु¥याइएको थियो ।