आइपीएलमा सन्दीपको डेब्यु

1052
views

काठमाडौँ, ३०, बैशाख । नेपाली खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल)) क्रिकेटमा प्रभावशाली सुरुवात गरेका छन् ।

दिल्ली डेयरडेभिल्सको १२ औं खेलमा गएराती ‘डेब्यू’ गरेका सन्दिपले रोयल च्यालेन्जर्स बैंग्लोरका पार्थिव पटेलको विकेट लिए । यसका बाबजुद दिल्ली विराट कोहलीको कप्तानीमा रहेको बैंग्लोरसँग ५ विकेटले पराजित भयो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा सन्दिपको चर्चा गरेकै दिन दिल्लीले उनलाई सुरुवाती एघारमा राख्दै खेल्ने अवसर दिएको थियो । बैंग्लोर विरुद्ध हिजोको खेलमा दिल्लीले प्रयोग गरेका ५ बलर मध्ये सन्दीप सबैभन्दा किफायती रहे ।

नियमित खेलाडी ग्लेन म्यासवेलको ठाउँमा खेलेका सन्दिपले ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर एक विकेट लिए । आफ्नो दोस्रो ओभरमा पार्थिवको विकेट लिएका सन्दीपले कोहली, डे भिलायर्स र मोइन अलीविरुद्ध पनि बलिङ गरेका थिए ।

पहिले व्याटिङ गरेको दिल्लीले दिएको १ सय ८२ रनको विजयी लक्ष्य बैंग्लोरले कोहली र डे भिलायर्सको अर्धशतकसँगै खेलमा १ ओभर बाँकी रहँदा ५ विकेटको क्षतिमा पुरा ग¥यो ।

आईपिएल अन्तर्गत हिजो भएको पहिलो खेलमा कोलकाता नाईट राईडर्सले किङ्स ईलेभेन पञ्जावलाई ३१ रनले हराएको छ । यो जितसँगै कोलकाता प्ले अफ् नजिक पुगेको छ ।

जारी लिगमा ११ खेलबाट १८ अंक जोडेको सनराईजर्स हैदरावाद प्ले अफ्मा पुगिसकेको छ । समान खेलबाट १४ अंक जोडेको चेन्नाई सुपर किङ्स दोस्रो स्थानमा छ ।

१२÷१२ अंक जोडेका पञ्जाव र कोलकाता तेस्रो तथा चौथो स्थानमा रहेका छन् भने मुम्बई इन्डियन्स र राजस्थान रोयल्सको १०र१० अंक भएको छ । ८ अंक जोडेको बैंग्लोर तथा ६ अंक जोडेको दिल्ली भने तालिकाको पुछारमा रहेका छन्