पोखरा विमानस्थलमा बम फेला

705
views

पोखरा । पोखरास्थित विमानस्थलमा बम भेटिएको छ । विमानस्थलको १ नम्बर गेटमा बम भेटिएको प्रहरीले जनाएको छ । कास्की प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार बम डिस्पोजल टोली आएर डिष्पोज गर्ने काम भएको छ ।

विप्लव समूहका कार्यकर्ताले बम राखेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । विप्लव समूहले आज नेपाल बन्द आह्वान गरेपनि यसको सामान्य प्रभाव देखिन्छ ।