दैलेखमा मोदी भ्रमणको विरोध

630
views

दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) दैलेखले जिल्ला सदरमुकामको देवकोटा चोक र गणेश चोकमा शनिबार विरोधसभा सम्पन्न गरेको छ ।

विरोधसभालाई क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता हरिभक्त कँडेल, केस चक्रपाणी शर्मा र कृष्ण गुरुङले सम्बोधन गर्नुभएको थियो । विरोधसभाको सञ्चालन पार्टी केस तथा दैलेख इन्चार्ज दिपक शाहीले गर्नुभएको थियो ।

क्रान्तिकारी माओवादीले कालो झण्डा र व्यानरसहित भारतीय विस्तारवादका विरुद्ध चर्को नाराबाजी गरेको थियो र देवकोटा चोकदेखि गणेशचोकसम्म विरोध जुलस प्रदर्शन गरिएको थियो ।