जनप्रतीनिधिका सिकाईका बर्ष

804
views

महेन्द्र जिसी
पर्वत, ३० बैशाख । स्थानीय तहका जनप्रतिनिधिहरुको यो वर्ष उत्साह सिकाई र अन्योलतामा बितेका छन् । वर्ष वित्यो मोदी गाउँ पालिकाको तेस्रो गाउँ सभा सम्पन्न्न महेन्द्र जिसी पर्वत

पर्वतको मोदी गाउँ पालिकाको तेस्रो गाउँ सभा पर्यटकीय गाउँ चित्रेमा सम्पन्न भएको छ । गाउँ कार्यापालिकाका सदस्यहरुले संघीयताको पहिलो वर्ष रहेका कारण र मुलुकमा तीन तहका निर्वाचन सम्पन्न भएका कारण पहीलो वर्ष उत्साह सिकाई र अन्योलतामा व्यतित भएको बताएका हुन ।

गाउँ पालिकाले गाउँ सभा बाट १८ वटा गाउँ नीति पास गरेको हो । गाँउपालिकाका कार्यपालिका सदस्य तथा वडा अध्यक्षहरुले गाउँको विकास र सम्बृद्धिका लागि विधेयक पास गराएका हुन । गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले गाउँ पालिका स्थानीय तह भईसकेका कारण गाउँ पालिकालाई राज पत्र निश्कासन गर्न पाउने अधिकार संविधानले प्रत्यायोजन गरेका कारण गाउँका विकासका एैन नीति पास गराउन गाउँसभाको आयोजना गरेको बताउनुभयो ।

अध्यक्ष पौडेलले स्थानीय राज पत्रमा स्थानीय कानुन प्रकासन गरेर लागु गराउने गरी गाउँ सभाबाट निति पारीत गर्न लागेको बताउनु भयो । ३७ वटा कानुन बनाउने स्थानीय तहलाई अधिकार संविधानले व्यवस्था गरेको भएपनि मोदी गाउँ पालिकाले वर्ष दिनको अवधि सम्म १८ कानुनी निर्माण गरीरहेको गाउँ सभामा जनाइएको हो ।

गाउँ सभामा मोदी गाउँ पालिकाको कृषि व्यवासाय पशू व्यवासाय पर्वधन र व्यवस्थापन गर्न आर्थिक विधेयक र गाउँ पालिकाको प्रशासकीय व्यवस्थापन नियमीत गर्ने विधेयक पास गराएको हो । त्यस्तै गरी गाउँ पालिका हाता भित्र सञ्चालित सहकारी व्यवस्थापन गर्न सहकारी विधेयक, गाउँ पालिकाका न्ययीक समीतीमा परेका उजुरी कार्वाही किनारा गर्नु न्यायीक विधेयक पास गराएको हो ।

गाउँ सभाले बनाएका १८ कानुनको अधिकारमा रहने गरी विधेयक निर्माण गरेर गाउँ पालिका स्तरको कानुन बनाउन लागिएको उपाध्यक्ष सेती महतले जानकारी दिनुभयो । गाउँ सभामा शिक्षा निति तथा गाउँ कार्याविधिको समेत छलफल गरीएको थियो ।

गाउँ पालिकाका प्रबक्ता विमल लामीछानेले संघियता कार्यान्वयनको वर्ष रहेका कारण चुनीएका जन प्रतिनिधिहरुको लागि सिकाई को वर्ष रहेका कारण विकासे काम भन्दा पनि कानुन निर्माण लागु र निति कार्यान्वयमा व्यतित भएको बताउनु भयो ।

कार्यापालिका सदस्यहरुले दुई दशकको जन प्रतिनिधि विहीनता लाई व्यवस्थापन गर्दा र संघियता कार्यान्वयनको पहीलो वर्ष रहेका कारण चालु वर्ष उत्साक सिकाई र अन्योलतामा सकीएको बताएका हुन । गाउँ सभामा ८ वटै वडाका जन प्रतिनिधि तथा विषयगत शाखाका कर्मचारी र मनोनीत सदस्यहरुको सहभागिता रहेको हो । गाउँ पालिका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा भएको गाउँ सभाको उद्धघाटन जिल्ला समन्वय समीती पर्वतका संयोजक मनोहर विश्व कर्माले गर्नुभएको थियो । सञ्चालन प्रमुख प्रशासकीय अधिकृत कुमान सिँह गुरुङले गर्नुभएको हो ।