मकैजोन परियोजनाको अनुदान वितरणमा दुरुपयोग (सञ्चालक समिति सहित)

1392
views

महेन्द्र जिसी
पर्वत, १ जेठ । मकैजोन परियोजना अन्र्तगत फलेवास नगरपालिका अन्र्तगतका ६ वडा थापाथाना, शंकरपोखरी मुडिकुवा खानीगाउँ, ठानामौला, लिमिठानामा परेको अनुदान वितरणमा कृषकहरुले विरोध जनाएका छन् ।

हचुवाको भरमा तथ्याङक संकलन गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत (मकै जोन) कार्यक्रमको प्रतिफलमा आधारित अनुदान मकै जोन ईकाई मुडिकुवाले आफन्त र अनियमित तरिकाले वितरण गरेको भन्दै सूचिकृत किसानहरुले नै सो रकम बहिष्कार गरेका छन् ।

कार्यालयले मकैजोन परियोजना अन्र्तगत दुई हजार २६ कृषकलाई २० लाख रुपैयाँ वितरण गरेको जनाएके छ । जसमा अन्य कृषक सहित सूचिकृत कृषकलाई १४ लाख रुपैयाँ र जोन परियोजना सञ्चालक समितिको खातामा ६ लाख रुपैयाँ वितरण गरेको सूचना अधिकारी हेम शर्मा तिवारीको भनाई छ ।

मकैजोन परियोजनाको रकम बहिष्कार गरेका कृषकरुले भने कार्यालयले वास्तविक किसानलाई वितरण नगरेको दाबी गर्दै भनेका छन् ‘तथ्याङक नै संकलन नगरी आफन्त र हचुवाको भरमा सो परियोजनाको अनुदान रकम वितरण गरिएको छ ।’

मकै जोन परियोजनाको समुह मार्फत अनुदान वितरण गर्न गएका सञ्चालकको फारममा फलेवास नगरपालिका–४ का किसानहरुले कैफियत लेख्दै भनेका छन् ‘यसमा अभिलेख दिने काम हचुवा र विभेद पूर्ण रुपले भएको देखिएकोले पुनरावलोकनको लागि माग गर्दै अनुदान बहिष्कार गरेका छौं ।

फलेवास–४ का कृषक ज्ञान बहादुर पौडेलले हचुवाको भरमा फर्जी कागज देखाएर किसानले राज्यबाट प्राप्त गर्ने अनुदान र सुविधाको दुरुपयोग गर्न नहुने बताएका छन् । कृषक नारायण शर्मा सापकोटाले मकै जोन परियोजना अन्र्तगत वितरण भएको रकम आफुलाई कुनै जानकारी नभएको तर, सोही परियोजनामा आफुले पाएको मिलमा नगरपालिकाले दिएको मिलको रकम भन्दा परियोजनाको कार्यालयले ८ हजार रुपैयाँ बढि लिएको बताएका छन् ।

यस्तै सोही वडाका कृषक गोविन्द प्रसाद पौडेलले परियोजनाको रकम कसरी आयो कुन कृषकले पायो हचुवाको भरमा वितरण गरेका कारण मकै उत्पादक कृषक भन्दा गैह्र कृषकलाई विभेदपूर्ण तरिकाले वितरण गरिएको बताए ।

यस्तै फनपा–४ का सदस्य एवं जनप्रतिनीधि नरेन्द्र प्रसाद तिवारीले मकै जोक परियोजनामा कृषकहरुलाई सूचना नदिईकन मनोमानी ढंगले रकम वितरण गर्दा स्वयं सूचिकृत भएका किसानले समेत रकम बहिष्कार गरेको बताए । उनले जनप्रतीनिधिहरुलाई जानकारी नै नदिई एकलौटी ढंगले वितरण गरेको बताए ।

यस्तै वडा अध्यक्ष टिकराम गौडेलले मकै जोन परियोजनामा आएको रकम वितरण गर्दा जनप्रतिीनधिहरुलाई नै जानकारी नदिई मनोमानी ढंगले वितरण गरेको भन्दै विरोध आएको तर स्वयं कार्यालयले कसरी वितरण ग¥यो भन्ने आफुहरुलाई थाहा नभएको बताए ।

मकै जोन परियोजनामा भएको विभेदपूर्ण रकम वितरणमा सूचिकृत किसानहरुकै विरोध आएपछि जनप्रतिनीधिहरु सम्बन्धित कार्यालयसँग संकलित विवरण र वितरण भएको रकमका कागजातहरुको माग गरेका छन् । कार्यालयले मकै उत्पादन पकेट क्षेत्रको ४३७ हेक्टर जग्गामा उत्पादित हुने मकैमा प्रतिरोपनी १७५ रुपैयाँका दरले बढीमा ५ रोपनी र कम्तीमा तीन रोपनी जग्गामा मकै लगाउने कृषकलाई रकम वितरण गरेको जनाएको छ ।

यस्तो छ मकै जोन सञ्चालक समिति
नर बहादुर क्षेत्री– फलेवास नगरपालिका–५ खानीगाऊँ ।
गिता देवी भुसाल– फलेवास नगरपालिका–५खानीगाऊँ ।
नरायाण प्रसाद भुसाल फलेवास नगरपालिका–३ शंकरपोखरी
विकास पौडेल फलेवास नगरपालिका–७ लिमिठाना ।
गिता देवी शर्मा सुवेदी फलेवास नगरपालिका–५ खानीगाऊँ ।
थानेश्वर भुसाल फलेवास नगरपालिका–४ मुडिकुवा ।
दुर्गा भण्डारी क्षेत्री फलेवास नगरपालिका–२ थापाठाना ।
बाल मुकुन्द घिमिरे फलेवास नगरपालिका–४ मुडिकुवा ।
ओमकार कुँवर फलेवास नगरपालिका–८ ठानामौला ।