मेयर टिकटमा क्षेत्रीको दाबी

2499
views


सुशिल भुजेल

पर्वत, २०, चैत्र
फलेवास नगरपालिकामा समेटिएका ११ गाविसको नेतृत्व गर्ने रणनीतिमा ३२ वर्षिय महिला राधा कुँवर क्षेत्रीले नेपाली काँग्रेस पर्वत मार्फत नगरापालिकाको मेयर पदमा भिड्न पाउनुपर्ने दाबा गरेकी छन ।

पार्टीमा त्याग गरेका थुप्रै नेता कार्यकर्ताहरु भएपनि अहिलेसम्म महिलाको तर्फबाट कसैले टिकटको दाबा नगरेको र सो क्षेत्रको जनमत आफ्नो पक्षमा देखिएकोले नेपाली काँग्रेसले आफुलाई नै टिकट दिने क्षेत्रीले नवदृष्टिलाई बताएकी छन ।

स्थानीय तहको निर्वाचन २०७३ अन्र्तगत हुने नगरपालिकाको मेयरमा आफु निर्वाचित भए पर्वतकै नमुना नगरपालिका बनाउने लक्ष्य लिएको हुँदा नेपाली काँग्रेस पर्वतले राधा कुँवर क्षेत्रीलाई टिकट दिनुपर्ने उनको दाबी छ ।
युवा शक्ति पलायनता, वेरोजागारको समस्यासँगै आर्थिक संकटलाई मध्यनजर गरी यि सबै प्रकारका समस्याहरु सुल्झाउँनका लागि आफुले उम्मेदवार पाउनुपर्ने क्षेत्रीको भनाई छ ।
नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको चैत्र १५ गते बसेको केन्द्रिय समितिको निर्णयले सम्पूर्ण अधिकार क्षेत्रीय कार्य समितलाई जिम्मा दिएको हुँदा सो अनुसार नै उम्मेदवार चयन हुने बताएका छन् ।

 

काँग्रेस पर्वतमा गंगाधर तिवारीले पनि फलेवास नगरपालिकाको मेयर पदमा उम्मेदवारको आकाँक्षा राखेका छन । आफु पार्टीको सिपाही भएको नाताले टिकट पाउने आशा गर्नु स्वभाविक भएको तर पार्टीले टिकट दिए नछाड्ने तिवारीले बताएका छन ।
भुसालले पर्वत पार्टीमा त्याग गरेका पुराना कार्यकर्तासँगै बढीभन्दा बढी कार्यकर्ताहरुको आकाँक्षा देखिएकोले क्षेत्रीय कार्यसमितिबाट सर्वसमम्तले निर्णय नभए छनौट समिति बनाएर उम्मेदवार टुङ्गो लगाउने निर्णय भएकोले हालसम्म उम्मेदवार चयन नभएको जानकारी दिए ।
फलेवास नगरपािलका अन्र्तगत कार्कीनेटा, शंकरपोखरी, थापाठाना, भंगरा लिमिठाना, मुडिकुवा, ठानामौला, कुर्घा, पाङ्राङ, देविस्थान र खानीगाउँ साविकका गाविसहरु समेटिएका छन ।