राजस्थानमाथि कोलकाताको सहज जित

594
views

काठमाडौँ, २ जेष्ठ । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ६ विकेटले हराएको छ ।

१ सय ४३ रनको लक्ष्य पछ्याएको कोलकाताले खेलमा २ ओभर बाँकी छँदा ४ विकेट गुमाएर उक्त लक्ष्य पार गर्यो । लिग चरणको एक खेल मात्रै बाँकी रहँदा अंक तालिकाको तेस्रो स्थानमा रहेको कोलकाताको १४ अंक भएको छ ।

१२–१२ अंक जोडेका राजस्थान र पञ्जाब क्रमशः चौथो तथा पाँचौ स्थानमा रहेका छन् । शिर्ष दुई स्थानमा रहेका सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स यसअघि नैं प्ले अफ् चरणमा पुगिसकेका छन् ।

प्ले अफ्मा पुग्ने थप २ टोलीको टुंगो भने अन्तिम चरणका खेलहरुपछि लाग्ने भएको छ । हिजोको खेलमा कोलकाताविरुद्ध पहिले व्याटिङ गरेको राजस्थानले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ४२ रन बनायो ।

उसका लागि जोस बट्लरले सर्वा्धिक ३९ रन बनाँउदा राहुल त्रिपाठीले २३७ रनको योगदान गरे । बलीङतर्फ कोलकाताका कुलदीप यादवले ४ तथा आन्द्रे रसेल र प्रसिद्ध कृष्णले समान २(२ विकेट लिए ।

जवाफमा १ सय ४३ रनको मध्यम चुनौती पार गर्नेक्रममा कोलकाताका कप्तान दीनेश कार्तिकले अविजित ४१ रन तथा सुरुवाती व्याट्सम्यान क्रिस लिनले ४५ रनको योगदान दिए । आईपिएल क्रिकेटमा आज राती मुम्बई इन्डियन्स र किङ्स ईलेभेन पञ्जाब बिभड्नेछन् ।