भारतको गोदावरी नदीमा डुंगा डुब्दा ३० बेपत्ता

646
views

काठमाडौं, २, जेठ । भारतको आन्द्रप्रदेशको गोदावरी नदीमा एक डुंगा डुब्दा ३० जना डुबेको आशंका गरिएको छ । डुंगामा रहेका चालक र अरु १० यात्रुलाई भने सुरक्षित उद्धार गरिएको छ । भारी बर्षा र हावाहुरीका कारण घटना भएको अनुमान गरिएको छ ।

सोही नदीमा गत साता एक डुंगामा बिद्युत सर्ट भई आगलागी हुँदा ८० जनाको उद्धार गरिएको थियो । यता बनारसमा एउटा बन्दै गरेको आकाशे पसल खस्दा १८ जनाको मृत्यु भएको ।

थुपै्रं मानिस घाइते भएको दुर्घटनास्थलबाट तीन जनालाई जिवितै उद्धार गरिएको छ । पुल खस्दा सडकमा गुडिरहेका गादी किचिएको हो ।