गैंडाकोट नगरपालिकामा चरम ठगी भएको नेविसंघको आरोप

478
views

प्रकाश सापकोटा
नवलपुर, २ जेठ । नेपाल विद्यार्थी संघले नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकामा चरम ठगी भएको आरोप लगाएको छ । संघले पत्रकार सम्मेलन गरी नगरपालिकाले रोक्काको सूचना अवधिमा नै नक्सा पास गरी लाखौं राजश्वमा चलखेल भएको जनाएको छ ।

सो नगरपालिकाले गत असार २६ गतेदेखि श्रावण २ गतेसम्म नगरपालिकाको नगरसभा व्यवस्थापन तथा तयारीको कार्यलयबाट नक्सा पास सम्बधि सम्पुर्ण कार्य रोक्का गरेको थियो ।

रोक्काको समयमा नक्सा शाखाले अविनाश ह्याचरी प्रा.ली.गैडाकोट नगरपालिका १३ र जयश्री फुड्स प्रा.लि. गैडाकोट नगरपालिका ९ को नक्सा पास गरेको नेविसंघको आरोप रहेको छ । यो समयमा नक्सा पास हुँदा झण्डै २९ लाख राजश्व नगरपालिकालाई नोक्सान भएको नेविसंघले जनाएको छ ।

रोक्काको समयमा नगरपालिकाका स.ई. लक्ष्मीप्रसाद सोतीले नक्सा पासमा हस्ताक्षर गरेका थिए । तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद रिजालको र इ. राजु अर्यालको नाम भएता पनि दुबै जनाले पनि अन्तिममा हस्ताक्षर गरेको नेविसंघका जिल्ला अध्यक्ष (वर्दधाट—सुस्तापुर्व) का राजेश पौडेलले बताए ।