यसरी दिईयो आर्दश माविमा एकदिने स्कुल लिडरसीप तालिम (यो लिंकमा जानुहोस्)

860
views

पर्वत, २ जेठ । आदर्श अङ्ग्रेजी आवासीय मावि कुश्मामा काठमाडौं युनिभर्सिटी, स्कूल अफ एजुकेशनको आयोजनामा एक दिने स्कुल लिडरसीप तालिम दिइएको छ । तालिममा विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले काठमाडौं युनिभर्सिटी र संस्थागत विद्यालयहरुका बिचमा स्थापनाकालदेखि नै देशको शैक्षिक क्षेत्रलाई उच्च विन्दुमा पु¥याउन सहकार्य भई अगाडि बढिरहेको र तालिमले पर्वत जिल्लाको शैक्षिक संस्थाहरुमा सकारात्मक उर्जा प्रदन गर्ने बताउनुभयो ।

तालिममा पर्वत र बाग्लुङ जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक तथा उपप्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

तालिममा काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा.धनपति सुवेदीले प्रभावकारी कक्षा व्यवस्थापन शिर्षकमा वर्तमान समयमा आइपरेका शिक्षण सिकाइ तथा विद्यालायले आजको समाजलाई नेतृत्व गर्न कठिनाई बढ्दै गएको बताउनुभयो । उहाँले मानिस मानिसमा विविधता रहेकाले विद्यार्थीहरुमा भएको विविध क्षमतालाई नेतृत्व गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

यस्तै प्रो.डा. बसुप्रसाद सवबेदीले एक दिने स्कूल लिडरसिप तालिमको विषयवस्तुमाथि प्रकाश पादै समाजको अभिन्न अंगका रुपमा रहेका प्रधानाध्यापक र शिक्षकहरुमा नेतृत्वदायी क्षमताको विकास भएमा मात्र समाज र राष्ट्रको उत्थान हुने उल्लेख गर्नुभयो ।

११ सामुदयिक विद्यालयका २२ जना र १४ संस्थागत विद्यालयका ३५ प्रिन्सिपल, प्राचार्य र १७ शिक्षकगरी ५२ जनाको सहभागिता रहेको तालिममा सोही विश्वविद्यालयका गणितका प्रो. दुर्गा प्रसाद ढकालले गणित विषयका शिक्षकलाई तालिम दिनुभएको थियो ।

यस्तै काडमाण्डौ विश्वविद्यालय स्कुल अफ इजुकेशनको तर्फबाट प्रा.डा. धनपति सुवेदी, प्रा.डा. बासु सुवेदी, प्रो.राजु खनाल, भोलानाथ लम्सालले तालिमका सहभागीहरुलाई डिनको कार्यलायबाट तयार पारिएको सर्टि्फिकेट प्रदान गर्दै काठमाण्डौ युनिर्भसिटिको अनलाईन मास्र्टर डिग्री कार्यक्रमका बारेमा प्रकाश पार्नु भएको थियोे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको तालिम समारोहमा विव्यस शिक्षक छनोट समितिका संयोजक बसन्त बहादुर सि.के, कोषाध्यक्ष पृथ्वीनारायण शर्मा लगायतले मन्तव्य व्यक्त गर्नुभइएको थियो । भने समारोहको सञ्चालन एकेडेमिक इन्र्चाज कमल थापाले गर्नुभएको थियो ।