पार्टी एकता घोषणा गर्न एमाले–माओवादी सहमत

564
views

काठमाडौँ, २ जेठ । एमाले र माओवादी केन्द्र पार्टी एकता गर्न सहमत भएका छन् । जेठ ७ गते नीति तथा कार्यक्रम आउने भएकाले त्यसअघि जेठ ६ गते नै सम्भवतः पार्टी एकता घोषणा हुनेछ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टी एकताका विषयमा छलफल भएको थियो । पार्टी एकताबारे छलफल गर्न भोलि दुई पार्टीको एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

एमाले उपमहासचिव विष्णु पौडेलका अनुसार जेठ ६ गते नै एकता हुने सम्भावना रहेको र दुवै पार्टी एकताको आन्तरिक छलफलमा जुटेका छन् ।