अनिश लुईंटेल दोस्रोपटक सगरमाथा चुचुरोमा

1025
views

विर्तामोड । झापाका अनिश लुईंटेल दोस्रो पटक सगरमाथाको सफल आरोहण गरेका छन् । लुईटेलले सोमबार चीन तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका हुन् ।

२०७३ साल जेठ ७ गते पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका उनले नेपालको संविधान सगरमाथाको चुचुरोमा र्पुयाएका थिए ।

अनिशले सोमबार करिब साढे ११ बजे चीन तिरबाट सगरमाथाको सफल आरोहण गरेको क्लाइम्बालय ट्रेक्स एण्ड एक्पेडिसन्सले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । अनिश सगरमाथा आरोहण गर्ने पहिलो नेपाली स्काउटर समेत बनेका छन् ।