संजय दत्तको बायोपिक फिल्ममा रणवीर बने मनिषाको छोरा

1248
views

एजेन्सी । अभिनेत्री मनिषा कोइराला अर्को बलिउड फिल्ममा आउदैछिन, जसमा उनी बलिउड नायक रणवीर कपुरको आमाको भूमिका निभाउंदै छिन् । संजय दत्तको बायोपिक फिल्ममा संजयकी आमाको भूमिकामा देखा पर्न लागेकी मनिषाले यो भूमिका रणवीर कपुरको कारण निभाउन लागेको बताएकी छिन् । रणवीर आफुलाई सबैभन्दा मनपर्ने अभिनेता भएको कारण पनि यो फिल्मप्रति बढि प्रभावित भएको उनले बताइन् । मनिषाले आफ्नो मर्जीको फिल्म मात्र रोज्ने गर्द्छिन् । यो फिल्ममा संजयको भूमिका रणवीरले निभाउँदै छन् । एक अन्तरवार्तामा मनिषाले नरगिसको भूमिका र उनको लुक्सबारे बताउदै यस्तो भूमिका खेल्न पाउदा आफुलाई सौभाग्यवती ठानेको बताइन् । उनको भूमिकामा देखा पर्न उनले कडा मेहेनत गर्नुपरेको समेत बताएकी छिन् । फिल्मको सुटिङ सुरु भइसकेको छ ।