छानविनको माग गर्दै नेविसंघ नवलपरासीले बुझायो ज्ञापनपत्र

1234
views

प्रकाश सापकोटा
चितवन, ३, जेठ । नेपाल विद्यार्थी संघ नवलपरासी (बर्दघाट सुस्ता पुर्व) ले गैंडाकोट नगरपालिकाले अविनाश ह्याचरी प्रा.लिल. र जय श्री फुडस् प्रा.लि. को नक्सा पासको सम्बन्धमा भएका काम कार्वाही को विषयमा उचित छानबिनको माग गरेको छ ।

नेविसंघले छानविनको माग गर्दै आज जिल्ला प्रशासन कार्यालय नवलपरासीमा प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई आज ज्ञापनपत्र बुझाएको छ ।

दुबै प्रा.लि.को नक्सा पासमा व्यापक आर्थिक चलखेल भएको र सोही आर्थिक चलखेल लुकाउन सूचना नदिएको नेविसंघले आरोप लगाएको छ । नेविसंघले जेठ १ गते गरिएको पत्रकार सम्मेलनमा गैंडाकोट नगरपालिकाले गरेका गतिविधिको बारेमा विरोध जनाउँदै पत्रकार सम्मेलन गरेको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी आचार्यले सत्यतथ्यको छानबिन गर्ने बताउनु भएको छ । यसै गरि नेविसंघ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला भारतीय सांसद कृति आजादको टुविट र प्रदेश नं २ का मुख्य मन्त्री लालबाबु राउतको अभिव्यक्तिप्रति खेद जनाउदै तत्काल कार्वाही गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाईएको नेविसंघ नवलपरासी का अध्यक्ष राजेश पौडेलले जानकारी दिनुभयो ।

सम्बन्धित यो लिंक पनि हेर्नुहोस्- https://navadristi.com/archives/18839