आदर्श मा अभिभावक अभिमुखिकरण सहितको अभिभावक सम्मेलन सम्पन्न

960
views

३ गते जेष्ठ,
आदर्श समाचार कक्ष
आदर्श अङ्ग्रेजी आवासीय मा.वि.को प्राङ्गणमा अभिभावकका लागि उत्प्रेरणा तथा कार्यशाला गोष्ठी सम्पन्न भएको छ साथै विद्यालयले यस शैक्ष्ँिक सत्र २०७५ मा गर्ने विविध कार्यक्रमको विस्तृत जानकारी प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्री तथा मेमोरी मास्टर तथा उत्प्रेरक मौसम छिनालले विद्यार्थीहरु तथा

अभिभावकलाई मेमोरि सम्बन्धमा उत्प्रेरणा प्रदान गर्नु भएको थियो । विद्यालयको स्मार्टहलमा आयोजना गरिएको उक्त कार्यक्रममा गिनिज बुक अफ द वल्डको तयारी कर्ता मौसम छिनालले ४५ भन्दा बढी शब्दहरुलाई एक मिनेट हेरी सकेपछिट पुनः नहेरीकन अगाडि, पछाडि र बिचबाट सजिलै बताउनु भएको थियो । उहाले हाल सम्मको अपर्ण शर्माको ४२ शब्दको गिनिज रेकर्ड ब्रेक गर्ने तयारीका क्रममा चार पा“चवाट जिल्लामा यो कार्यक्रम सञ्चालन भइसकेको र पर्वत जिल्लाको कुश्मा स्थित विद्यालयहरुमा सुरु भई रहेको र यस विद्यालयमा भने आगामि हप्ताको सोमबारबाट सुरु हुने तयारी भई रहेको जानकारी गरार्ईएको थियो ।

विद्यालयका प्रिन्सिपल हिमबहादुर पौडेल क्षेत्रीले समयनुकल नया“ प्रविधियुक्त शिक्षण शिकाई क्रियाकलाप सञ्चालन गर्न लागेको कुरा बताउनु भयो । विद्यालयले यसै बर्षदेखि लागु गरिएका नया“ आइसिटि प्रविधिहरु जस्तो कक्षा नसर्री र के.जि.को निम्ति र्पपल र्टटल एजुकेशन सिष्टमअन्र्तगत टकिङ्ग टिचर, स्मार्ट पुस्तक अपरेशन, र्पपल र्टटल एप्स,मिरा कास्ट र एनी काष्ट डिभाईसको बारेमा जानकारी दिई प्रदर्शन गरिएको थियो । उहा“ले विद्यालयले विगत देखि गर्दै आएका विभिन्न कुराहरुको समेत जानकारी गराउ“दै विद्यार्थीहरुको सर्वाङिण विकासका लागि नया“ नया“ प्रविधिहरुलाई विद्यालयले भित्राउदै जाने र यसमा अभिभावकको सहयोगको अपेक्षा राख्नु भयो । उक्त विषेश कार्यक्रममा सहभागि अभिभावकहरुले आफ्ना नानीबाबुहरुका लागि विद्यालयले सञ्चालन गरेका र सञ्चालन गर्न लागेका नया“ प्रविधिहरु अत्यन्तै उपयोगि रहेका र छिट्टै नै मेमोरी कक्षा सञ्चालन गर्नका लागि पनि अनुरोध गरेका थिए ।

पढ्ने बानीको विकाशका निम्ति प्रत्येक घरमा सानो दराज वा बांसको Áयाकमा सानो होम पुस्तकालय घरमै भएका पुस्तकहरुबाट सुरु गरि क्रमसः थप्दै गर्ने र सा“झ बिहान कम्तिमा १५ देखि ३० मिनेट सगैं बसेर आफ्ना छोराछोरीहरु सग“ पढ्न अनुरोध गरिएको थियो । विभिन्न कारण यस विद्यालयमा अध्ययन गराउन चाहने तर पूर्णक्षमता नभएका साहराको याचना गर्ने अभिभावकहरुलाई मनका सक्क्षम र धनि अभिभावकहरुले उनिहरुको निम्ति केहि आफुले बढि पैसा तिर्ने र सहयोगको निम्ति वातावरण बनाउने समेत सहमति भएको छ ।

विश्व ज्योति मा.वि.मा कक्षा नौमा अध्ययनरत क्यान्सर पिडित बावु अर्जुन गौतमको उपचारका निम्ति स्वएच्छिक सहयोग गर्न सबैमा अपिल गरिएको थियो । यस कार्यक्रममा पिटिए अध्यक्ष दामोदर आचार्य , लायन्स लिडर तथा अभिभावहरु डा.चुडामडि शर्मा, कमल पोखेल, पत्रकार माया अधिकारी ,समिक्षा शर्मा,रोटरीका कोषाध्यक्ष कृष शर्मा लगायतका धेरै अभिभावकको उपस्थिति थियो ।