सबै नागरिककमा बैंकको पहुँच पुग्नपर्छ–सिवाकोटी

950
views

इनरुवा, ४, जेठ । नेपाल राष्ट्र बैंकका गभर्नर चिन्तामणि सिवाकोटीले सबै नागरिकहरुमा बैंकको पहुँच पुग्नुपर्नेमा जोड दिएका छन् ।

सुनसरीको दुहबी नगरपालिकामा फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, दुहबीको पाँचौँ वार्षिक उत्सवमा सो कुरा बताए ।

बैंकमा बचत र ऋणको कारोबारसँगै पूँजीको समेत सुरक्षा हुने भएकाले बैंकमा सबैको पहँुच हुनु आवश्यक रहेको उनले बताए ।

उनले बैैंक र बित्तीय संस्थाको पहुँचले नै नागरिकमा सार्थक सन्देश जाने र पहुँचसमेत बढ्ने भएकाले बचतमा जोड दिए ।