नमुना आवासिय माविद्वारा ब्लड क्यान्सर पीडितलाई आर्थिक सहयोग

1185
views

दिपसागर पौडेल ४, जेठ । यहाँका एकजना ब्लड क्यान्सर पीडितलाई एक विद्यालयले २५ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । कुश्मा नगरपालिका स्थित संस्थागत विद्यालय नमुना आवासिय माविले कर्मचारी र विद्यार्थीको जन्मोत्सवको अवसर पारेर कुनपा–१० का ब्लड क्यान्सर पीडित १४ बर्षिय अर्जुन गौतमलाई सहयोग गरेको हो ।

सो विद्यालयका कर्मचारी जलन खत्री, शुष्मा शर्मा, विद्यार्थी मारिया भण्डारी, सवल लामिछाने, उमङ्ग गिरीको जन्मोत्सवको शुभ अवसरमा आर्थिक सहयोग गरिएको हो।

सो रकम विद्यालयका अध्यक्ष यम प्रसाद शर्माले भरतपुर क्यान्सर हष्पिटलमा उपचारार्थ रहेका गौतमका दाजु गणेश गौतमलाई हस्तान्तरण गरेका हुन् । अध्यक्ष शर्माले उपचारार्थ गौतमको स्वास्थ्य लाभको कामना समेत गरेको अभिभावक रिता केसी भण्डारीले जानकारी दिईन् ।