३३ किलो सुन प्रकरणः सुन लुट्ने तस्कर भुजुङ गुरुङ भएको खुलासा

920
views

काठमाडौं, ४, जेठ । ३३ किलो सुन प्रकरणले नयाँ मोड लिएको छ । गत माघको अन्तिम साता भित्रुवन बिमानस्थल हुदै काठमाडौ भित्रिएको ३३ किलो सुन ब्यापारीकहाँ नपुगी बीचबाटोबाटै बेपत्ता भएको थियो । उक्त सुन गायव बनाउनेमा सुन तस्कर तथा राप्रपाका नेता भुजुड गुरुङ नै रहेको छानविन समितिले पत्ता लगाएको छ ।

उक्त सुन बेपत्ता काण्डमा गुरुडको संलग्नता रहेको गृह मन्त्रालयद्धारा गठित छानवीन समितिले पत्ता लगाएको हो । अनुसन्धानमा सुन लुट्न भुजुङले खुडखार गुण्डालाई परिचालन गरेको खुलेको छ ।’

सनम शाक्यको हत्यापछि पक्राउ परेका पुण्यप्रसाद लामाले बयानमा सुन भुजुङको समूहले नै लुटेको बताएका छन् । ‘सुन बोकेर म र सानु वन अनामनगरतिर जाँदै थियौं, भुजुङका केटाहरू आएर सुन लुटे,’ लामाले बयानमा भनेका छन् । गुरुङले सुन लुट्न पठाएका युवा ठमेलका डान्सबारमा बाउन्सरको काम गर्ने गरेको पनि खुलासा भएको छ ।