८८ किलो सुन तस्करीका दुई मुख्य अभियुक्त धरौटीमा रिहा

649
views

काठमाडौं, ४ जेठ । सर्वोच्च अदालतले ८८ किलो सुन तस्करीमा संलग्न भएको आरोप लागेका दुई अभियुक्तलाई धरौटीमा रिहा गरेको छ । मुख्य अभियुक्त भनिएका नन्दकुमार पाण्डुरंग मगर्ले र उल्हास दिनकर सालुङ्खेले उन्मुक्ती पाएका हुन् ।

उनीहरुलाई न्यायाधीशद्वय केदारप्रसाद चालिसे र बमकुमार श्रेष्ठको इजलाशले पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

अभियुक्तहरु जिल्ला र उच्च अदालतको आदेश विपरीत बैसाख १० गते सर्वोच्च अदालत पुगेका थिए । तर सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेश बदर गर्दै सर्वोच्चले उनीहरुलाई बिहीबार उन्मुक्ती दिएको हो ।

प्रहरीले काठमाडौंको क्षेत्रपाटीमा पार्किङ गरेको गाडीबाट भदौ १९ गते सुन बरामद गरेको थियो । उक्त सुन रसुवाको केरुङ नाका हुँदै अवैध तरिकाले नेपाल भित्र्याईएको थियो । उक्त मुद्दा अहिले पनि काठमाडौं जिल्ला अदालतमा विचाराधीन अवस्थामा छ ।