चीन जोड्ने मैलुङ–स्याफ्रुबेसी सडक सञ्चालनमा

968
views

रसुवा, ६ जेठ । नेपाली सेनाले चिनियाँ नाका रसुवागाढी जोड्ने गरी १७ किमीको मैलुङ–स्याफ्रुबेसी सडक निर्माण सम्पन्न गरेको छ । सम्पन्न सडकको रक्षा मन्त्री इश्वर पोखरेलले उद्घाटन गरेका छन् ।

उक्त सडक सञ्चालनपछि राम्चेको पहिरोको अप्ठेरो सडक हुँदै रसुवागढी जानुपर्ने बाध्यता हटेको छ । मैलुङ–स्याफ्रुबेसी सडक चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने नाका हो । दुई लेनको यो सडक निर्माण २०७२ को बैशाखबाट निर्माण सुरु गरिएको थियो भएको थियो । सो सडक सेनाले सडकलाई हस्तान्तरण गर्नेछ

नेपाली सेनाका अनुसार मैलुङ–स्याफ्रुबेसी सडक निर्माणका लागि ७० करोड ६९ लाख ९० हजार खर्च भएको छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी जोड्ने सडक भन्दा यो सडक २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रुबेसी पुग्न ५४ किलोमिटरको सडक पार गर्नुपर्छ ।