साउनमा ब्याउने गाईले नब्याउँदै दियो ९ लिटर दुध

2319
views

प्रकाश सापकोटा
चितवन, ६ जेठ । सुन्दै अचम्म लाग्ने । सामान्यत कुनैपनि पशुले व्याएपछि मात्रै दुध दिने गर्दछन् । तर बाँके जिल्ला बैजनाथ गाउँपालिका–५ जि गाउँमा अमिर सुवेदीले पालेको पहिलो बेते कोरली गाईले ब्याउने समय भन्दा दुई महिना अगावै ९ लिटर दुध दिन थालेपछि सुवेदी परिवार र स्थानीय अचम्मित भएका छन् ।

सुवेदीले पालेको होलस्टेन जातको जर्सी गाईले दुध दिन थालेपछि स्थानीय समेत अचम्ममा परेका हुन् । गाईको कचौडा ठूलो हुँदै गयो, हामीले सोच्यौ ब्याउने समय नजिकिएकोले बढ्दै गएको होला तर, गाईलाई नै ज्वरो आएपछि दुध दुहुनपर्ने भो सुवेदीले भने ‘पाँचदिन भयो ९ लिटर दुध दिएको छ ।’

उनले कुनै व्यवसायिक रुपमा गाई पालेका भने होईनन्, घर परिवारको लागि केही महिना अघि कोरली गाई ल्याएका थिए । सुवेदीले भने म कलाकार हुँ, व्यवसायका लागि गाई पालेको होईन्, साउनमा ब्याउने कोरली गाईले जेठमै ९ लिटर दुध दिँदा आफै अचम्मित भएको छु, पाँचदिन भो गाईले दुध दिईरहेको छ ।’