सरकारको नीति तथा कार्यक्रम आज

646
views

काठमाडौँ, ७, जेठ । सरकारको नीति तथा कार्यक्रकम आज संघीय संसदमा प्रस्तु हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५ र७६ को नीति तथा कार्यक्रमसंघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट पूर्वको छलफल सकिएको एक सातापछि राष्ट्रपतिले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो । नीति तथा कार्यक्रमका लागि सोमबार अपरान्ह ४ बजे संघिय संसदको संयुक्त बैठक बोलाइएको छ ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।

तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ ।