सुन प्रकरण छानबिन समितिको म्याद थपियो

1013
views

काठमाडौँ, ७ जेठ । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या छानबिन गर्न गृह सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित विशेष अनुसन्धान टोलीको म्याद थपिएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा समितिको म्याद २५ दिन थप गरेको हो ।

‘अनुसन्धानका केही गम्भीर पक्ष अधुरै रहेकाले त्यसलाई पूरा गर्न थप समय आवश्यक देखिएको र सरकारले दिएको निर्देशन बमोजिम कसैको दबाबमा नपरी समितिले स्वतन्त्र, निष्पक्ष र वैज्ञानिक तथ्य आधारित भएर छानबिन गर्ने स्रोतले जनाएक्ँे छ ।

२०७४ चैत १९ गते गठन भएको समितिलाई यसअघि ४५ दिनको कार्यादेश दिएको थियो। गृहमन्त्री रामबहादुर थापासहितले समितिको म्याद २५ दिन थप गर्नुपर्ने निष्कर्ष निकाल्दै पठाएको प्रस्तावलाई मन्त्रिपरिषद्ले स्वीकृत गरेको हो।

पक्राउ परेकासहित ६३ जनाविरुद्ध अदालतमा मुद्दा चलाउन जिल्ला प्रहरी कार्यालय मोरङलाई सिफारिस गरेको थियो। उनीहरूको मुद्दामा मोरङ जिल्ला अदालतमा थुनछेक बहस जारी छ।