तस्करलाई तह लगाउँछु–उपरिक्षक के.सी.

674
views

रौतहट । रौतहटका प्रहरी उपरिक्षक रविन्द्र केसीले तस्करीको नामबाट बदनाम गर्दै आएको तस्कर समुहलाई तह लगाई प्रदेश नं २ लाई तस्कर मुक्त बनाउने बताएका छन् । उनले सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

प्रहरी उपरीक्षक केसीले प्रदेश नं २ अन्तर्गत पर्ने रौतहट जिल्ला तस्करीको मुख्य नाका भएको र खुलेआम विभिन्न गलत क्रियाकलाप गरि उम्कने गरेको बताउँदै तस्करहरूलाई कानुनको दायरामा ल्याई तस्कर मुक्त रौतहट बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख समेत रहेका उपरीक्षक केसीले सुरक्षा चुनौतीलाई समाधान गर्ने बताएका हुन् ।