क्यान्सर पीडितको सहयोगका लागि २ लाख २३ हजार संकलन

748
views

अजय पौडेल
चितवन, ९ जेठ । झापा दमककी क्यान्सर पीडित २४ बर्षिय जानुका पराजुली बचाउन चितवनका युवाहरुले अभियान संचालन गरेका छन् । ‘मानव सेवा नै धर्म हाे’ भन्ने मुल मन्त्रका साथ चितवन नामक ग्रुप संचालन गरेर मलद्धारको क्यान्सर पीडित पराजुलीलाई बचाउन उनिहरुले सांगितिक कार्यक्रम गरेका हुन् ।

नेपालमा उपचार सम्भव नभएपछि उपचारका लागि भारत लगिएकी पराजुलीको उपचार खर्च अभाव भएपछि चितवनका युवाहरुले अभियान संचालन गरेको जनाएका छन् । चितवनको क्यान्सर अस्पतालमा उपचार  नभएपछि उनलाई भारतको राजिबगान्धि अस्पतालमा रिफर गरिएको थियो ।

परिवारको आर्थिक अबस्था निकै कमजोर भएको र बाबुको समेत मृत्यु भैसकेकाले उनिहरुलाई आर्थिक अवस्था जुटाउने माध्यम समेत छैन् । एक सातासम्म चितवनका विभिन्न स्थानमा सांगितिक कार्यक्रम गरेर २ लाख २३ हजार ५ सय ९५ रुपैंया संकलन गरेको अभियानकर्ता केदार शर्मा पौडेलले जानकारी दिए ।

उनले संकलन गरिएको रकम पत्रकार सम्मेलन मार्फत परिवारका सदस्यलाई हस्तानान्तरण गरिने जानकारी दिए ।