‘सिपाही वार्षिक’ र ‘द शिवपुरी जर्नल’

2003
views

काठमाडौं । नेपाली सेनाद्वारा आयोजित “लघु चलचित्र प्रतियोगिता—२०७४” का उत्कृष्ट लघु चलचित्र तथा “सिपाही वार्षिक र द शिवपुरी जर्नल” का उत्कृष्ट लेखकहरुले यसबर्षको पुरस्कार पाए ।

उत्कृष्ठ लेखकहरुलाई प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले पुरस्कार वितरण गरे । क्षेत्रीले “लघु चलचित्र प्रतियोगिता—२०७४” का प्रथम संजिव पौडेलकोे लघु चलचित्र ‘अटुटनाता’, द्वितीय शम्भुसेन थापाको लघु चलचित्र ‘त्याग’ र तृतीय प्रधुम्न मिश्रको लघु चलचित्र ‘ईतिहास निर्माणको यात्रामा’ सम्मन र पुरस्कृत गरे ।

क्षेत्रीले प्रतियोगिताका प्रथम पौडेललाई दुईलाख रुपियाँ, दितिय थापालाई एकलाख पचास हजार रुपियाँ र तृतिय मिश्रलाई एकलाख रुपियाँ नगद पुरस्कार र प्रशंसा–पत्र प्रदान गरे ।

प्रतियोगितामा चौथो विकाश लामाको लघु चलचित्र ‘विजेता’ र पाचौं जोन गुरुङको लघु चलचित्र ‘वैशाखी’ लाई सान्त्वना पुरस्कार स्वरुप जनही रु.पच्चिस हजार रुपियाँ र प्रशंसा–पत्र दिईएको थियो ।

नेपाली सेनाको वार्षिक प्रकाशन “सिपाही वार्षिक—२०७४” तथा “द शिवपुरी जर्नल–२०१८” मा प्रकाशित लेख रचनाहरु मध्ये प्रथम हुने सहायक रथी धर्म बहादुर बानियाँ (अ.प्रा.)को शिवपुरी जर्नलमा प्रकाशित ‘Diplomacy: An Integral Component of the National Security of Small States’, , द्वितीय हुने प्रमुख सेनानी रन्जीत थापाको सिपाही वार्षिकमा प्रकाशित ‘The Use of Force: Drawing a Line Between Theory and Reality’ र तृतीय हुने प्रमुख सेनानी पदम बहादुर बुढाको शिवपुरी जर्नलमा प्रकाशित Vulnerable Cyberspace’ शीर्षकका लेखकहरुलाई पचास हजार, पच्चिस हजार र पन्ध्रहजार नगद पुरस्कारका साथै कदर(पत्र र अन्य ७ जना लेखकहरुलाई समेत सान्त्वना पुरस्कार स्वरुप जनही नगद दशहजार रुपियाँ सहित कदर(पत्र प्रदान गरिएको थियो ।

प्रत्येक वर्ष नेपाली सेनाले आयोजना गर्दै आएको लघु चलचित्र प्रतियोगितामा विभिन्न विषयवस्तु समावेश गरी चलचित्र क्षेत्रका सफल व्यक्तित्व र विज्ञहरुद्वारा मुल्याङ्कन समिति गठन गरी उत्कृष्ट लघु चलचित्रहरुलाई पुरस्कृत गर्दै आईरहेको छ ।