नवलपुर बस दुर्घटनामा ३२ जना घाइते

747
views

प्रकाश सापकोटा
चितवन, १० जेठ । काठमाडौँबाट धनगढी जाँदै गरेको ना ६ ख ७४५६ नम्बरको यात्रुवहाक बस नवलपुर दुम्कीवास नजिक दुर्घटना हुँदा ३२ जना घाईते भएका छन् ।

कर्णाली यातायातको बस ओभरटेक गर्ने क्रममा विहिबार दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ । तिव्र गतिमा आएको बस अनियन्त्रित हुन गई दुर्घटना भएको हुनसक्ने घटना स्थलमा पुगेका स्थानीयले जनाएका छन् ।