बैद्य नेतृत्वको माओवादी संगठन विस्तारसँगै सम्मेलनको तयारीमा

601
views

बर्दिया । बैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बर्दियाले जिल्ला सम्मेलनको तयारीसँगै संगठन निर्माण तथा जनपरिचालन अभियानमा लागेको सो पार्टीले जनाएको छ ।

बर्दियामा बसैको जिल्ला समितिको विस्तारित बैठकले जेठ १९ गते पार्टीको जिल्ला सम्मेलन गर्ने निर्णय गर्दै गुलरिया नगरपालिका–११ र १२ को संयुक्त वडा अधिवेशन समेत गरेको सो पार्टीका जिल्ला ईन्चार्ज संकलले जानकारी दिएका छन् ।

दुईवडामा भएको अधिवेशनबाट वडा नम्बर ११ मा सात सदस्यीय र वडा नम्बर १२ मा ११ सदस्यीय कमिटी निर्वाचित गरेको पनि जनाएको छ ।

वडा नम्बर ११ को सेक्रेटरीमा बल बहादुर घर्ती र १२ को सेक्रेटरीमा माँरूफ खाँ निर्वाचित भएको संकलले जानकारी दिए ।

अधिवेशनलाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य सङ्कुलले सबै प्रकारका उत्पीडन र समस्याको समाधान जनवादी क्रान्तिले गर्ने बताउँदै क्रान्तिकारी माओवादीले मात्रै त्यसको नेतृत्व गर्ने दाबकी गरे ।

अधिबेशनमा पार्टी सेक्रेटरी लोकेशले समाजमा भएका विद्यमान शोषण, उत्पीडन, अपराध तथा दलाल, सामन्तिहरू क्रान्तिकारी माओवादीको नीति तथा कार्यक्रमबाट भयभित भएको भन्दै सभ्य समाजका लागि युवाहरू र सबै नागरिकहरू संगठित हुनुपर्नेमा जोड दिए ।