एमालेको घोषणापत्रः स्थायी समितिबाट पारीत

युवालाई पाँच लाख र रोजगारी, जेष्ठ नागरिकलाई ५ हजार भत्ता

804
views

काठमाडौं, १५, वैशाख । नेकपा एमालेले केहीदिन यता प्रचार गरेजस्तो घोषणा पत्र सार्वजनिक गर्न नसक्ने देखिएको छ । संसदको दोस्रो ठूलो दल तथा प्रमुख विपक्षी नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गरेको छ । तयार भएको घोषणापत्र शुक्रबारको पार्टी स्थायी समिति बैठकबाट सुझावसहित पारित गरेको हो ।
स्थायी समितिबाट पारित भएको घोषणापत्रलाई सम्पादन गरी छपाइमा पठाउन तीन सदस्य सम्पादन समिति गठन गरिएको छ । सम्पादन समितिमा नेता भीम रावल, प्रदीप ज्ञवाली र सुरेन्द्र पाण्डे रहेका छन् । घोषणापत्र वैशाख १७ गते दिउँसो ३ बजे एक कार्यक्रमकाबीच सार्वजनिक गर्ने एमाले नेता योगेश भट्टराईले बताए ।
एमालेले तयार गरेको घोषणापत्रमा युवालाई रोजगारी दिनेदेखि महत्वाकांक्षी योजनाहरु पनि समावेश गरिएका छन् । एमालेले आफ्नो घोषणापत्रमा जेष्ठ नागरिकलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने पनि उल्लेख गरेको छ । एमालेले मुलुकको आर्थिक विकाशका साथै रेल, ऊर्जा लगायत अन्य पूर्वाधार विकाशका विषयलाई पनि स्थानीय तहको निर्वाचनका लागि तयार गरिएको घोषणापत्रमा उल्लेख गरेको छ ।