आर्दश माविद्वारा ब्लड क्यान्सर पीडित गौतमलाई आर्थिक सहयोग

905
views

पर्वत, ११, जेठ । विश्व ज्योति मावि कक्षा नौ मा अध्ययनरत रक्त क्यान्सरबाट पीडित अर्जुन गौतमलाई आर्दश मावि कुश्माले आर्थिक सहयोग गरेको छ ।

भरतपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका १४ वर्षिय गौतमलाई विद्यालयका अभिभावक, कक्षा नर्सरी देखि दशसम्मका विद्यार्थीहरुको सहयोग र शिक्षक कर्मचारी, सञ्चालक समिति, हर्टक्याम्पबाट बचेको रकमबाट र जुरेसबाट प्राप्त सहयोग गरि ४८ हजार एकसय ४९ रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

सो रकम उनका दाजु सन्तोष गौतम सहितको पर्वत सर्पोट ग्रुपलाई जुरेसको तर्फदेखि जुरेसका सभापति अनिषा रिजाल, शिक्षक नारायण पौडेल, हर्टक्यामका रेकर्ड प्रमुख धर्म बहादुर पौडेल, शिक्षक कर्मचारीको तर्फबाट एकाडेमिक प्रमुख कमल थापा, एकाडेमिक सहायक प्रमुख मिन बहादुर थापाबाट र इसइइ विद्यालय एवं सञ्चालक समितको तर्फदेखि प्रिन्सिपल हिम बहादुर पौडेलले सहगोग गर्नुभएको थियो ।

संकलित रकमले अर्जुन गौतमको उपचारमा थोरै सहयोग पुग्ने प्रिन्सिपल पौडेलले बताउनुभयो ।