नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज

606
views

काठमाडौँ, १३, जेठ । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा जवाफ दिँदै हुनुहुन्छ ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन लाग्नुभएको हो । जवाफका लागि प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ ।

प्रतिपक्ष दलका सांसदहरूले भने सरकारले पेस गरेको कार्यक्रमको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको छ । पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने, पाँच वर्षमा नै प्रतिव्यक्ति आयलाई दोब्बर पार्ने, कृषि उपजको दोब्बर बनाउने लगायतका विषयमा स्पष्ट आधार नभएको भन्दै प्रतिपक्षि दलका सांसदहरुले आलोचना गर्नुभएको छ ।

सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका छन् । पारित हुनु अघि संशोधनका प्रस्तावहरूलाई निर्णयार्थ पेस गरिनेछ ।