रियल मड्रिड १३ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल

1032
views

जेठ १३ गते । स्पेनिस फुटबल क्लब रियाल मड्रिडले कीर्तिमानी १३ औं पटक युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि जितेको छ । युक्रेनको किभमा गएराति भएको फाइनलमा इङ्लिस प्रिमियर क्लब लिभरपुललाई ३–१ ले हराउँदै रियल मड्रिडले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो ।

यो सिजन घरेलु लिग ला लिगामा सोचे अनुसारको प्रदर्शन गर्न नसके पनि रियलका प्रशिक्षक जिनेदिन जिदानले युरोपियन च्याम्पियन्स लिगको उपाधि जिताए ।

फ्रेन्च फुटबल हस्ती जिदानले टोलीको प्रशिक्षण समालेयता हरेक सिजन युरोपियन च्याम्पियन बनाएका छन् । गएरातिको खेलमा रियल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेलले दुई तथा करिम बेन्जमाले एक गोल गरे ।
लिभरपुलका सादियो मानेले एक गोल फर्काए । जितसँगै रियल मड्रिडले पछिल्लो पाँच सिजनमा चौथो पटक च्याम्पियन्स लिगको उपाधि पक्का गरेको छ ।