आज १६ औं ‘ईच्छुक’ स्मृति दिवस

887
views

काठमाडौँ । पत्रकार कृष्णसेन ‘ईच्छुक’को सम्झनामा विभिन्न संगठनहरुले देशैभर आज १६ औं स्मृति दिवस मनाईरहेका छन् ।

काठमाडौँमा क्रान्तिकारी पत्रकार महासंघ, क्रान्तिकार पत्रकार संगठन, अखिल नेपाल जनसांस्कृतिक महासंघले संयुक्त रुपमा ईच्छुक स्मृति दिवस मनाएका छन् ।

देशका विभिन्न जिल्लाहरुमा पनि स्मृति दिवस मनाईरहेका छन् । २०५९ जेठमा प्रहरीले गिरफ्तार गरी महेन्द्र पुलिस क्लबभित्र हत्या गरिएका ईच्छुकको सम्झनामा पत्रकारहरुले स्मृति दिवस मनाएका हुन् ।

ईच्छुक दिवसमा सेनका हत्यारालाई कार्वाहीको माग गरिएको छ । आज सेनको सम्झनामा स्थापना गरिएको ‘ईच्छुक’ पत्रकारीता पुरस्कार पनि वितरण गर्ने कार्यक्रम रहेको छ ।