व्यवसायिको आक्रोष नुवाकोटका नागरिकमाथि

1247
views

नुवाकोट, १३, जेठ । नुवाकोटका प्रहरी प्रमुख एसपी बसन्त बहादुर कुँवरले व्यवसायिमाथि उठेको आक्रोष नुवाकोटका नागरिकमाथि व्यक्त गरेका छन् ।

एसपी कुँवरले क्रसर उद्योगबन्द गर्ने अदालतको आदेशपछि नुवकोटलाई खुरापातिहरु बस्ने जिल्लाको रुपमा व्याख्या गरेका छन् । क्रसर उद्योग बन्द भएपछि नुवाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको समन्वयात्मक छलफल कार्यक्रममा कुँवरले नुवाकोटका बासिन्दा माथि यस्तो आक्रोष व्यक्त गरेका हुन् ।

कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष सुमन अधिकारीले सरकारले व्यवसायीहरुको मागको विषयलाई ध्यान नदिएको भन्दै यस्तै अवस्था रहिरहे घर निर्माणको समयसिमा असार मसान्त गुज्रने बताए ।

सर्वोच्च अदालतले गतहप्ता मात्र नुवाकोटका क्रसर उद्योग बन्द गराउन आदेश दिएको थियो । क्रसर उद्योग बन्द भएपछि जिल्लामा निर्माणजन्य सामाग्रीहरुको अभाव भएको निर्माण व्यवसायिहरुले बताएका छन् ।