समाजकल्याण प्राविमा छात्रवृत्ति प्रदान

896
views

पर्वत । दलित र विपन्न समुदायका बालबालिकाहरुललाई अध्यापन गराईदै आएको जलजला गाउँपालिका–२ को समाज कल्याण प्राविले ८० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । सो अवसरमा विद्यालयलाई खेल मैदान र फर्निचर पनि हस्तान्तरण गरिएको थियो ।

विद्यालयका विद्यार्थीहरुलाई स्थानीय समाजसेवी विप्लव हमालले झोला हस्तान्त्रण गर्नुभएको थियो । गाउँपालिकाले आर्थिक वर्ष ०७४÷०७५ को बजेट मार्फत विद्यालयलाई खेल मैदान र फर्निचर सहयोग गरेको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष याम बहादुर मल्ल ‘रामकृष्ण’ले शैक्षिक गुणस्तर सुधार गरेमा विकास र समृद्धि हुने बताउनुभयो ।

उहाँले लक्षित समुदायका विद्यालयहरुलाई शैक्षिक गुणस्तरमा ल्याउन गाउँपालिकाले पहिलो वर्ष देखी नै अभियान थालेको बताउनुभयो ।

कार्यक्रममा पर्वत उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष केदारनाथ शर्माले सरकारी विद्यालयहरुको पढाईले संस्थागत विद्यालयका विद्यार्थीहरु सरकारी विद्यालयमा फर्किने वातावरण सिर्जना गरी पढाईको गुणस्तर वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।

दलित तथा विपन्न परिवारका बालबालिकाहरुले अध्ययन गर्दै आएको सो विद्यालयमा ८० जना बालबालिकाहरुलाई झोला शैक्षिक सामाग्री र छात्रवृत्ति हस्तान्त्रण गरीएको हो ।

कार्यक्रममा प्रधानाध्यापक ओम बहादुर जिसीले विपन्न समुदायमा रहेको विद्यालय सहयोगी हातहरु मार्फत अगाडी बढेको बताउनु भयो । उहाँले विद्यालयमा परदर्शिता, शिक्षामा गुणस्तरीयता कायम गर्न आफु लागि परेको बताउनुभयो ।