नेकपा र फोरमबीच दुईबुँदे सहमति

801
views

काठमाडौँ, १४, जेठ । नेपाल कम्युनिस्ट पार्टी र संघीय समाजवादी फोरमबीच दुईबुँदे सहमति भएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड र फोरम अध्यक्ष उपेन्द्र यादवले दुईबुँदे सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसँगै सत्तारुढ दल नेकपाले सहमतिका आधारमा संविधान संशोधन गर्ने लिखित सहमति गरेको छ । यससँगै सहमतिसँगै उपेन्द्र यादव नेतृत्वको फोरम सरकारमा सहभागी हुने पक्का भएको छ ।