नेपालगन्ज गोल्डकपको तयारी

360
views

बाँके, १४, जेठ । बाँकेमा तेस्रो नेपालगन्ज गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । २१ देखि २८ जेठसम्म हुने भएको हो ।

नकआउट आधारमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जानकारी दिए । उनले नेपालका ए डिभिजन क्लबले समेत भाग लिने बताए ।

प्रतियोगितामा नेपालगन्ज, रुपन्देही, एपिएफ, सुदूरपश्चिम, संकटा, च्यासल, नेपाल आर्मी र भारतको पन्जाब क्लबले सहभागिता जनाउने भएका छन् । प्रतियोगिता खजुरा गाउँपालिका–३, डिगाउँस्थित खेलमैदानमा हुने भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले पाँच लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले मोटरसाइकल र हरेक खेलका म्यान अफ द म्याचले एउटा मोबाइल पुरस्कार पाउने आयोजकले जनाएको छ ।