आयरल्यान्डमा गर्भपतनलाई कानुनी मान्यता

684
views

एजेन्सी । आयरल्यान्डमा गर्भपतनलाई कानुनी मान्यता दिने तयारी भएको छ । गर्भपतनलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा भएको जनमतसंग्रहमा ६० प्रतिशतभन्दा बढी मतदाताले पक्षमा मतदान गरेका थिए ।

आयरल्यान्डका ४० निर्वाचन क्षेत्रमध्ये पश्चिमको एउटा निर्वाचन क्षेत्रमा ६३ प्रतिशत मतदाताले मतदानमा भाग लिएका थिए ।

गर्भपतनसम्बन्धी कानुनमा सुधार ल्याइनुपर्ने पक्षधर अभियानलाई समर्थन गरेका आयरल्यान्डका प्रधानमन्त्री लिओ भराडकरले मुलुकले ‘इतिहास’ रचेको बताए ।

शुक्रबारको भएको जनमतसंग्रहमा मतदातालाई गर्भपतन स्वीकार्य हुन्छ वा हुन्न भनेर प्रश्न गरिएको थियो । संविधानमा भएको व्यवस्थाले गर्भवती महिलालाई जस्तै गर्भमा रहेको बच्चाको पनि अधिकार रहेको उल्लेख गरेको छ ।