प्रेमीसँग घुम्न आएकी युवती होटलमा मृत फेला

512
views

नुवाकोट १४, जेठ । प्रेमीसँग घुम्न आएकी कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ का विष्णुमाया मगर यहाँको शिवपुरी गाउँपालिका–६ सूर्यचौरस्थित होटलमा आइतबार मृतावस्थामा फेला परेकी छन् ।

काठमाडौँको टोखा नगरपालिका–६ का राज लवटसँग शनिबार साँझ आएर यहाँको ’लालीगुराँस लोकल खाजा घर’ नामक होटलमा बसेकी ३० वर्षीया विष्णुमाया मृत भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

साँझ खाना खाएर सुतेकी उनी अबेरसम्म नउठेपछि सँगै आएका उनका प्रेमी ३१ वर्षीय लवटले प्रहरीलाई खबर गरेका थिए। घटनाको सम्बन्धमा प्रहरीले लवट र होटल सञ्चालक बद्री गुरुङलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको छ ।