यौन व्यवसायमा संलग्न ५ जना महिला पक्राउ

1042
views

पोखरा, १४ जेठ । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ८ बगाटोल स्थित थकाली घर एण्ड होटलबाट यौन व्यवसायमा संलग्न रहेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले यौन ब्यवसाय हुन्छ भन्ने बिशेष सूचनाको आधारमा आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले स्ट्रिङ अपरेसन गरि पक्राउ गरेको जनाएको छ ।

ब्यवसायमा संलग्न ४ जना युवतीहरु र होटल संचालक जिल्ला बाग्लुङ तित्याङ गाउँपालिका ६ घर भई पोखरा– बगालेटोल बस्ने बर्ष २९ कि पम्फा नेपाली सहित ५ जनालाई पक्राउ गरेको हो । उनीहरुको थप अनुसन्धान कार्य भईरहेको जनाएको छ ।