पृतनापति समन्वयात्मक बैठ

1421
views

काठमाडौँ, १४ जेठ । नेपाली सेनाको जंगी अड्डामा शुरु भएको दुई दिने ‘पृतनापति समन्वयात्मक बैठक गरिएको छ ।

समन्वयात्मक बैठकको क्रममा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य समिक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आईपर्नसक्ने चुनौतीहरुका बारेमा प्रस्तुतिकरण गरेका छन् ।

‘पृतनापति समन्वयात्मक बैठकमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले विद्यमान परिस्थितिको मुल्याँकन गरी आउनसक्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने गरी अपरेशनल, तालिम तथा बन्दोबस्ती पक्षमा तयारी रहन निर्देशन दिए ।

क्षेत्रीले नियमित संस्थागत जिम्मेवारी तथा कार्यहरुको अलावा अपरेशनल रेडिनेस तथा सांगठनिक सुदृढिकरणका क्षेत्रहरुमा विशेष ध्यान केन्द्रित गर्न निर्देशन समेत दिए ।

कार्यक्रममा बलाधिकृत रथी पूर्णचन्द्र थापाले बैठकमा उठेका समसामयिक विषयहरुमा आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

पृतनापतिहरुको बैठकले सेनाको नीति निर्माणमा ठोस योगदान पु¥याउन थप सहयोग पुग्ने विश्वास गरिएको छ ।