‘भ्रम द कन्फ्युजन’ काल्पनिक कि यर्थाथता !

407
views

सुशिल भुजेल
पर्वत, १६, बैशाख । सानै उमेरदेखी कलाकारीतामा रुचि भएका पर्वतेली युवा निर्देशक विशाल विकको मस्तिष्कमा ‘भ्रम द कन्फ्युजन’ सिनेमाका रूपमा घुमिरहेको थियो । विशालमा कुनै दिन यसलाई फिल्म बनाई छाड्ने चाहना जीवितै थियो, र त्यो चाहाना पुरा भयो पनि  । देशका चर्चित हलहरुमा व्यापार त भएन् । तर ठुलो पर्दाका लागि उनको सिनेमा निर्माण भयो । उनले निर्माण गरेको जुन सिनेमा हो यसको भित्रि रहष्य र मर्म यथार्थ घटनाको परिचय त थियो नै तर, उनले काल्पनिक बनाए ।
लिमिठानाको एक वास्तविक घटना जसले आफ्ना तीन परिवारलाई निर्मम रुपमा खुकुरीले छपाछप काटेपछि भएको दुईजनाको मृत्यु र घाईतेको घटनालाई विशालले सामाजिक मर्मका साथ कथा मार्फत गहन रूपमा ल्याएका हुन् । कथा हेरिरहँदा उनको महानता हो भन्ने लाग्छ । करिब एकघण्टा १५ मिनेट लामो कथा मञ्चमा समृद्ध छ, ‘भ्रम द कन्फ्युजन’ । एउटा मानिस जो आफ्नो परिवारमाथि किन यतिका निर्मम हुन्छ ? यो वास्तविक बुझिनसक्नुको विषय थियो । विशालको कथाले वास्तविकतालाई काल्पनिक पात्रका रुपमा अन्य कसैलाई उभ्याइदिएको छ । जसले समाजको यथार्थ चित्रण गर्न सफल छ । कथा नाटकमा हेर्दा हरेक दर्शक नतमस्तक हुन्छन् । मञ्चमा नाटक बेस्सरी दृश्यात्मक भएको छ । विशालको यस नाटकले दर्शकलाई आदिदेखि अन्त्यसम्म बाँध्छ । नाटक अगाडि शंकै शंका र शंकाबाट उत्पन्न परिस्थितिले पारेको नकरात्मक भ्रमको असर जोड्दै जाँदा नाटकले दर्शकमाथि आफ्नो प्रभाव विस्तार गर्दै अन्त्य हुँदा दुखान्तमा परिणत गरिदिन्छ ।
कथामा विशालको निर्देशनको कुनै जवाफ छैन । कथा मञ्चमा पनि उनले हरेक पात्रलाई बेग्लै परिचय दिएका छन्, जुन आफैंमा सहज होइन । ठूलो क्यानभास खोज्ने कथालाई उनले बडो सावधानी, सन्तुलित र असरदार ढंगले प्रस्तुत गरेका छन । उनको यो शैलीले दर्शकको मनमष्तिकलाई फराकिलो पारेको छ । विशाल विक निर्देशित ‘भ्रम द कन्फ्युजन’ ले बुनेको घेरालाई एउटा नक्सा मानेर त्यसमाथि आफ्नो विचार कथा नबिगारी कथामा नभएका पात्रहरू थपेर सशक्त बनाइएको छ । कथा सफल ढंगले प्रस्तुत गरेका छन् । नाटकका मुख्य कलाकार मरुभुमि नारायण ‘शंकर’ले आफ्नो परिवारलाई खुकुरीले छपाछप काटेर दर्शकलाई भ्रम, आवेग, संवेग र भावात्मक बनाएका छन् । कथा यसै परिवेशमा बाँधिएको छ । कथा काल्पनिकतामा प्रस्तुत भएपनि वास्तविक घटनाको रहष्योद्घाटन गरिएको छ । नाटकलाई विशाल आफ्नै भाषा र शैलीको भन्न रुचाउँछन् ।
निर्देशनको सफलता भनेको दर्शकको मनोविज्ञानलाई नियन्त्रण गर्नु हो । मुख्य कलाकार मरुभुमि नारायण ‘शंकर’ त्यसमा निःसन्देह सफल भएको बताउँछन् । दर्शकलाई शुरूमा हसाउँदै, फुक्र्याउँदै अन्त्यमा पात्रहरूले भोग्ने पीडा, संघर्षलाई दर्शकको अन्तर्यको भावना फुटाउँदै नाटक अन्त्य भएको छ । निर्देशनपछि अभिनय नाटकमा अभिन्न पक्ष बनेको छ । २५ पात्रले गरेको अभिनयले दर्शकको मन जित्छ । हरेक पात्रले कथामा बेग्ला बेग्लै छाप छोडेका छन् । चाहे त्यो ‘श्रीमती’ बनेकी निशा घिमिरे हुन् वा ‘छोराहरु बनेका’ शिव परियार, सागर बस्याल, या छोरीहरु बनेका सरीता परियार, रेखा बस्याल, ‘ज्वाँँई’ बनेका निर्मल पौडेल ‘एन पि घायल’, ‘बुहारी’ बनेकी मोनिका थापा, अभिनयकर्ता भक्त खोर्जा, भुमि सुवेदी, कथामा तनाव दिने पात्रको अभिनयका रुपमा परिचित थमनसिंह पुर्जा, विश्वास कर्माचार्य, दिपक पुन र वालकलाकार सुनिल घिमिरेको अभिनय स्वाभाविक छ ।
कथामा काटिएका निशा घिमिरे, मोनिका थापा र रेखा बस्यालले दर्शकको मन जित्न सफल बनेका छन् । विशाल विकको मञ्च परिकल्पनामा ‘भ्रम द कन्फ्युजन’ लाई वास्तविक घटना स्थलको दृश्यले उनको कथा परिकल्पना तारिफको हकदार बनेको छ । छायाँकन किसान बिसी, सम्पादन, लालबहादुर पुन, द्वन्द्व भुपेन्द्र विसी र निर्माता प्रतिफल फिल्म प्रोडक्सनले गरेका हुन । कुश्मा नगरापालिका–६ का युवा निर्देशक विशाल विक ‘सेभेन व्वाईज’को लेखन एवं मुख्य कलाकारको भूमिकामा समेत देखिएका छन् । ‘भ्रम द कन्फ्यजन’ कथा काल्पनिक भएपनि वास्तविक घटनालाई उजागार गरिएको एक सिनेमा हो ।