तरुण दलले सञ्चालन गर्यो प्रशिक्षणको महा अभियान

1182
views

सल्यान । नेपाल तरुण दल जिल्ला शाखा सल्यानले आयोजना गरेको भेटघाट कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय महासचिव भुपेन्द्रजंग शाहीले तरुण दलले प्रशिक्षणको महाअभियान सञ्चालन गरेको बताउनु भयो । महासचिव शहिले आगामी जेठ १९ गते देशब्यापी रूपमा एकैदिन सबै वडामा प्रशिक्षण कार्यक्रम गर्न लागियको समेत जानकारी गराउनु भयो ।

शाहीले लोकतन्त्रको रक्षाका लागि नेपाली कांग्रेस सधै जनताको साथमा रहेको बताउदै जनताले पनि नेपाली कांग्रेसलाई नै साथ दिने उहाँको भनाई थियो । सधै जनताको सेवामा रहेको नेपाली काङ्ग्रेस कुनै पनि हालतमा विचलित नभई सेवामा रहने कुरामा पनि जोड दिनुभयो ।

हल्लै हल्लामा फरक धारहरु मिलेर वनेको बाम गठबन्धन कुनैपनि हालतमा मिल्न नसक्ने पनि बताउनुभयो । शाहीले केहि समयका लागि देखावटि रुपमा मिलेपनि आन्तरिक मनमुटावका कारण ओलि–दाहाल कम्पनी नामक जेट ध्वस्त हुने कुरा बताउनु भयो ।

नेपाल तरुण दल सल्यानका अध्यक्ष सन्तोष केसीको अध्यक्षतामा भएक कार्यक्रममा नेपाली काँग्रेस सल्यान जिल्ला सभापति गणेश चन्द, जिल्ला समन्वय समितिका सभापति केश बहादुर विष्ट, शानपा मेयर सुरेश अधिकारी, त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानवहादुर डाङ्गी लगायतका वक्ताहरुले काँग्रेसलाई बलियो र सक्षम बनाउन तरुण युवाहरुको महत्वपूर्ण भूमिका रहेकोमा जोड दिए ।