डलरवादीको अभियानप्रति घृणा गर्दछु–ढुंगेल

वकिल, पत्रकार र डलरवादीहरु एकथाल भातमा बिक्रि भए

757
views

काठमाडौँ, १५ जेठ । माओवादी नेता बालकृष्ण ढुंगेलले डलरवादीहरुको अभियानप्रति घृणा जागेको बताए । राष्ट्रपतिबाट कैद मिनाह पाएर डिल्लीबजारस्थित करागारबाट रिहा भएका ढुंगेलले डलरवादीहरुले मैदानमा आउन नदिने दुस्सहास गरेको पनि बताए ।

‘शान्तिको नाममा युद्धनाम र युद्धको नाममा शान्तिको खेती गर्ने र नेपाललाई जहिले पनि समृद्धिको राज्य नबनाउने, भिख मागेर खाने डलरवादीको जुन अभियान छ, त्यसप्रति म घृणा गर्दछु,’ उनले भने ।

उनले डलरवादी, पत्रकार र वकिलहरु विरुद्ध अक्रोष व्यक्त गर्दै भने ‘यो देशमा एक थाल भातमा बिक्री हुने पत्रकार र एक थाल भातका लागि अनैतिक कालो कोट लगाएर सर्वोच्च अदालत धाउने कथित न्यायाधीशहरु, कथित वकिलहरुलाई राज्यले बुझनुपर्छ,’ उनले भने । उनले डलरवादीहरुविरुद्ध सरकारले गरेको आँट सराहनीय भएको बताए ।

उनले आफ्नो रिहाईलाई गणतन्त्रका निम्ति गरेको योगदानको कदर भएको बताए । उनले आफूलाई जेल हाल्ने पूर्वप्रधानमन्त्री शेरबहादुर देउवामाथि आक्रोशित हुँदै आफूमाथि षडयन्त्र गरेर गणतन्त्रको मालिक बनेको अरोप लगाएका थिए ।

उनले यो रिहाईले न आफू खुसी भएको न निरास नै भएको बताए । संघर्षशील जीवनमा फेरि कारागार बाहिर जीवनको यात्रा आरम्भ भएको बताए । अगामी दिनमा यो देशको समृद्धिको निम्ति, पार्टीले निर्माण गर्ने कार्यदिशालाई आत्मसाथ गरेर अगाडि बढ्ने उनले बताए ।